अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धर्नामा बसेका कानून व्यवसायीको खोसियो माइक

धर्नामा बसेका कानून व्यवसायीको खोसियो माइक


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलवार पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ ।

धर्नामा सम्बोधन गर्न लागेका कानून व्यवसायीको माइक प्रहरीले खोसेको हो । दुई साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतवारदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको छ ।

बारको धर्नालाई छलेर आइतवार र सोमवार प्रधानन्यायाधीश जबरा कार्यालय प्रवेश गर्नुभएको थियो । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ ।