अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी

घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन्  ।

उहाँले १० इजलासमा २७९ मुद्दाको पेसी तोक्नुभएको छ । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी भएको बारको धर्नालाई छलेर प्रधानन्यायाधीश आइतबार र सोमबार कार्यालय प्रवेश गर्नुभएको थियो ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमवार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ ।