खोटाङ – एमाले नेतृ उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । प्रदेश १ को पूर्वसामाजिक विकास मन्त्री राईले मंगलवार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेको केन्द्रीय कमिटी सदस्यमा उठ्ने घोषणा गर्नुभएको हो ।
राईले १० देखि १२ मंसीरसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उठ्ने जानकारी दिनुभएको हो । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । केन्द्रीय कमिटी सदस्यको उम्मेदवारीका विषयमा जिल्लाका नेतारूबीचमा थप छलफल गर्ने उहाँले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होइन ब्राण्ड बनाइनु पर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता हुन् । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधानसभा सदस्य बन्नुभएको थियो । एमालेको राष्ट्रिय अधिवेशनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् ।





प्रतिक्रिया