अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


विराटनगर – नेकपा (एमाले) का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर-१ को आजको बैठक स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलो गरी बैठक शुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् ।

एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै आजको बैठक स्थगन भएसँगै मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने हुनुभएको छ ।