अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त


जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उहाँलाई बर्खास्त गरिएको हो । यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गर्नुभएको थियो । तर उहाँले मान्नुभएको थिएनन् । मन्त्री रायलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ । एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ । यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगो लागिनसकेको स्रोतले जनायो ।