अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि चयन

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि चयन


अछाम – नेकपा एमाले अछामले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि छनोट गरेको छ । कार्यदलले अछामको दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना छनोट गरिएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जना छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फबाट कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर (गोविन्द), प्रकाश शाह, भरत अयडी,  डिबी साउद, महिलातर्फ पशुपति कुँवर, दुधकला विष्ट प्रतिनिधिमा छनोट भएका छन् ।

दलित समावेशीतर्फ रामबहादुर आउजी र राधिका भुजेललाई छनोट गरिएको छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २ खुलातर्फ यज्ञबहादुर बोगटी, बमबहादुर विसी, भरत साउद, शिवप्रसाद उपाध्याय, भिम जनाला, सर्वसहमतिबाट प्रतिनिधि छनोट गरिएको नेकपा एमाले अछामले जानकारी दिएको छ ।