अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाबाट एमालेका सात जना महाधिवेशन प्रतिनिधि चयन

रसुवाबाट एमालेका सात जना महाधिवेशन प्रतिनिधि चयन


रसुवा- नेकपा एमाले रसुवाले १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । आगामी मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन भएको एमाले रसुवाले जनाएको छ ।

प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट खुलातर्फ पाँच जना, महिला र दलिततर्फ एक-एक जना प्रतिनिधि छनौट भएका छन् ।

रसुवाबाट खुल्लातर्फ कर्णेल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् । त्यस्तै महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।