काठमाडौं – सरकारले चालु आर्थिक वर्ष ९२०७८/०८९० को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ ।
अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आयमात्र हुनेको लागि व्यक्तिगत ४ लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा १ प्रतिशत कर लाग्ने उल्लेख छ । यो भनेको ४ हजारदेखि ४ हजार ५०० कर हो ।
त्यसैगरी व्यक्तिगततर्फ ४ देखि ५ लाखसम्म ४ हजार र १० प्रतिशतका दरले लागू हुने उल्लेख छ । दम्पतीतर्फ साढे चारदेखि साढे ५ लाखसम्म करयोग्य आय भएमा ४ हजार ५०० र १० प्रतिशत कर लाग्ने उल्लेख छ ।
व्यक्तिगत हकमा पाँचदेखि सात लाखसम्म करयोग्य आय भएमा १४ हजार र २० प्रतिशत दरले कर लाग्ने उल्लेख छ । दम्पतीको हकमा साढे पाँचदेखि साढे सात लाखसम्म १५ हजार ५०० र २० प्रतिशतका दरले लागू हुनेछ ।
सातदेखि २० लाखको आम्दानीमा एकल व्यक्तितर्फ ५४ हजार र ३० प्रतिशतका दरले लागू हुनेछ । साढे सातदेखि २० लाखसम्म आम्दानीमा दम्पतीतर्फ ५४ हजार ५०० र ३० प्रतिशतका दरले कर लाग्नेछ ।
२० लाखभन्दा बढी आम्दानी करयोग्य आय गर्ने व्यक्तिलाई ४ लाख ४४ हजार र ३६ प्रतिशतका दरले लागू हुने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । दम्पतीतर्फ पनि ४ लाख ४४ हजार ५०० र ३६ प्रतिशतका दरले लागु हुनेछ ।







प्रतिक्रिया