सिमकोट – हिमाली जिल्ला हुम्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको कुनै प्रभाव परेन ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको हुम्ला सदरमुकाम सिमकोटमा कुनै प्रभाव नदेखिएको हो । जिल्लामा बजार, पसल, छोटो यातायातका साधन निर्बाध रूपमा सञ्चालन भएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
त्यसका साथै जिल्लाका सबै सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, सहकारी, वित्तीय संस्था, बैंकहरू खुलेको मानसरोवर उच्च मावि सिमकोटमा प्रधानाध्यापक अबरबहादुर शाहीले बताउनुभयो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको भए पनि हुम्लामा जुलुसलगायतका गतिविधि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया