अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली आज नेपालगञ्ज जाँदै, पशुपति दयाल मिश्र सहित ठूलो संख्यामा एमाले प्रवेशको तयारी

एमाले अध्यक्ष ओली आज नेपालगञ्ज जाँदै, पशुपति दयाल मिश्र सहित ठूलो संख्यामा एमाले प्रवेशको तयारी


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै हुनुहुन्छ । राजपका पूर्वसहमहामन्त्री पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

२०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समुहको नाममा मिश्रले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो । हृदयेश त्रिपाठी निकट मानिएका मिश्र एमलेमा प्रवेश गर्ने भएपछि नेपालगञ्जका एमाले नेता कार्यकर्ता उत्साहित भएका छन् । राजनीतिक रुपमा बलियो पकड भएका मिश्र २०७४ को निर्वाचनमा राजपाका इस्तिहाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित हुनुभएको थियो ।

आजको कार्यक्रममा राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानसहित ३ हजार भन्दा बढी अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिनुभयो ।