अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनगणनामा आफू अनुकुलको विवरण टिपाउने अभियान सञ्चालन नगर्न विभागको आग्रह

जनगणनामा आफू अनुकुलको विवरण टिपाउने अभियान सञ्चालन नगर्न विभागको आग्रह


काठमाडौं -जारी राष्ट्रिय जनगणनामा विभिन्न व्यक्ति तथा संस्थाहरुले आफू अनुकुलको विवरण टिपाउने अभियान नचलाउन आग्रह गरेको छ ।
केन्द्रीय तथ्यांक विभागले एक विज्ञप्ती जारी गरेर यस्तो बताएको हो ।

विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आम सर्वसाधारणमा आह्वान गरेको छ । गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर संस्थागत निर्णय अनुसारकै उत्तर दिन भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएपछि विभागले यस्तो अनुरोध गरेको हो ।
जनगणनाका प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदायरसंघसंस्था र विषय विज्ञहरुसँग पटक–पटक छलफल गरिएको विषयलाई समेत विभागले स्मरण गराएको छ । ती छलफलबाट प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिम रूप दिइएको विभागले जनाएको छ ।

प्रश्नावली निर्माण लगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेत अवलम्बन गरिएको विभागले उल्लेख गरेको छ ।