अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जबाट फर्केर एमाले अध्यक्ष ओली अखिल साँझमा सहभागी हुने

नेपालगञ्जबाट फर्केर एमाले अध्यक्ष ओली अखिल साँझमा सहभागी हुने


काठमाडौं -नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ । सोकार्यक्रमको उद्धघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालका अनुसार कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिनुभयो । कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु नेपाल, शिशिर योगी, राजाराजेन्द्र पौडेल, पुरुषोत्तम भण्डारी, लक्ष्मण गाम्नागे, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ दाहाल, अस्मिन घिमिरेलगायत कलाकार र स्रष्टाका प्रस्तुति हुनेछन् ।

सो सङ्गठनका कोषाध्यक्ष कोषाध्यक्ष जेनिश लामाले अनेरास्ववियुलाई आर्थिकरूपमा बलियो बनाउन रचनात्मक क्रियाकलापमार्फत कोष निर्माण गरिने बताउनुभयो ।