अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनको पूर्वसन्ध्यामा गोकुल बास्कोटाको ट्वीट– ‘एमालेभित्र आफूलाई खोजौं,आफू अनुकूलको एमाले खोज्ने होइन’

महाधिवेशनको पूर्वसन्ध्यामा गोकुल बास्कोटाको ट्वीट– ‘एमालेभित्र आफूलाई खोजौं,आफू अनुकूलको एमाले खोज्ने होइन’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ नेतृत्वको सम्भावित अनुहारबारे धारणा राख्नुभएको छ ।

‘एमाले विरूद्धको घेराबन्दी तोड्ने नीति र विधि विधान महाधिवेशनले बनायो । अब त्यसलाई व्यवहारमा उतार्न दृढ इच्छाशक्ति, गतिशीलता र सुदृढ एकताको इन्द्रेणी नेतृत्व चुन्ने काम चितवनबाट भैहाल्छ,’ ट्वीटमा उहाँको भनाइ छ, ‘बलियो एमाले देशको निकास र विकासको आधार हो। एमालेभित्र आफूलाई खोजौं, आफू अनुकूलको एमाले खोज्ने होइन ।’

चितवनमा हुने महाधिवेशनका लागि औपचारिक दाबी नगरे पनि पदाधिकारीमा दर्जनौं नेताले आकांक्षा देखाएका छन् ।