अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस छाडेर एमालेमा प्रवेश गर्नेको लहर

कांग्रेस छाडेर एमालेमा प्रवेश गर्नेको लहर


काठमाडौं – रामेछापस्थित खाँडादेवी गाउँपालिकाका १८ जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका १८ जनालाई एमाले नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले एमालेमा स्वागत गरेका छन् ।

एमालेले मात्रै देशमा समृद्धि ल्याउन सक्ने भन्दै उनीहरुले कांग्रेस छाडेर एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।