नेपालगंज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको बताउनुभयो ।
आज नेपालगंजमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्नुभयो । ‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो’ उहाँले भन्नुभयो, ‘तर हामीले गरेको विकास विरोधी गठबन्धनलाई मन परेन ।’
नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत् खपत बढाउन आग्रह गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको गठबन्धन सरकार ।’





प्रतिक्रिया