अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि


धनगढी – नेकपा एमालेले चितवनमा हुने १०औं महाधिवेशनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट १६० भन्दा बढी महधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

महधिवेशन प्रतिनिति छनोट गर्दा संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानेको उहाँले बताउनुभयो । तर, सुदूरपश्चिममा संख्यालाई आधार मान्दा केही तलमाथि भएका कारण महधिवेशन प्रतिनिधीको संख्या केही बढ्ने उनको भनाइ छ । यसैगरी मजदुर संगठनबाट पनि प्रतिनिधि आउने हुँदा सो संख्या बढ्न सक्ने अध्यक्ष थापाले बताउनुभयो ।

अध्यक्ष थापाका अनुसार कैलालीमामा ४४ जना, डडेल्धुरामा ११ जना, बाजुरामा २१ जना, कञ्चनपुरमा १६ जना, डोटीमा १६ जना, अछाममा १४ जना, दार्चुलाको १२ जना, बैतडी १५ जना र बझाङबाट ११ जना महाधिवेशन प्रतिनिधि छनो भएका छन् । नौ जिल्लाबाट हालसम्म १६० प्रतिनिधि छनोट भइसकेका छन् ।