अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न अध्यक्ष ओलीको चेतावनी

एमालेसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न अध्यक्ष ओलीको चेतावनी


नेपालगञ्ज – एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिनुभएको छ ।

बुधवार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनुभएको हो । उहाँले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै भन्नुभयो, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार-चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम तपाईंहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’

उहाँले नेपाली कांग्रेसका प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गर्नुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गर्नुभयो ।