अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा

सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा


संखुवासभा – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउनुभयो ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गर्नुभएको हो ।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उहाँले दाबी गर्नुभयो । औपचारिक रूपमा सभापति पदको उम्मेदवारी चाँडै घोषणा गर्ने उहाँले बताउनुभयो ।

अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताउनुभयो । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उहाँको भनाइ थियो । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उहाँले बताउनुभयो । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गर्नुभयो । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उहाँले बताउनुभयो ।