अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसीर ४ र ५ गते

नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसीर ४ र ५ गते


काठमाडौं – नेपाल परिवार दलले मंसीर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिनुभयो ।

महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निर्वाचित हुने भएको छ । कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने दलले जनाएको छ ।

अध्यक्ष ढकालले तेस्रो राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएका छन् । उहाँले ‘सबैखाले विभेदको अन्त्य गरौं : ‘सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौ,’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको बताउनुभयो ।

ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरू पुरानै सोचबाट विचलित भएको बताउनुभयो । सत्ता परिवर्तनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उहाँले आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडि बढेको ढकालले बताउनुभयो ।

ढकालले हिमाल, पहाड, तराई, धनी र गरीब सबैको प्रतिनिधित्व हुनेगरी सबैलाई समेट्न आफ्नो दलले खोजेको पनि सुनाउनुभयो । उहाँले १२६ जनजाति र १२३ भासाभासीहरूलाई समेट्ने गरी परिवार दल अगाडी बढेको बताउनुभयो । सबै राजनीतिक दलले सबै जनताहरूले अपनत्व महसुस गर्ने खालको विचार बोक्नुपर्नेमा उहाँको जोड थियो ।