अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशले ३ लाख मानिस उतार्ने

एमाले महाधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशले ३ लाख मानिस उतार्ने


काठमाडौं -नेकपा एमाले बागमती प्रदेश कमिटीले १० औं महाधिवेशन उद्घाटनका दिन ३ लाख मानिस चितवन उतार्ने जिम्मा लिएको छ । त्यसका लागि बागमतीका १३ वटै जिल्लाका सबै कमिटी र जनवर्गीय संगठनलाई संख्या तोकेरै जिम्म्ेवारी दिएको प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।
कुन जिल्लालाई कति संख्या जिम्मेवारी
सिन्धुली– १५,००० जना
रामेछाप –३,००० जना
दोलखा – २,००० जना
सिन्धुपाल्चोक -६,००० जना
काभ्रेपलाञ्चोक- १५,००० जना
भक्तपुर- १०,००० जना
ललितपुर- १३,००० जना
काठमाडौ- ३०,००० जना
नुवाकोट- ९,००० जना
मकवानपुर – ३०,००० जना
धादिङ – १५,००० जना
चितवन – ७५,००० जना
रसुवा – ५०० जना
सम्पर्क मन्च –१०,००० जना
पार्टीका सबै जनवर्गीय संगठनहरुले ५०,००० गरी जम्मा ३ लाख भन्दा बढी जनसहभागिता जुटाउने तयारी रहेको छ ।