अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन

नवयुगको दैनिक ईबुलेटिन प्रकाशन सुरु, महाधिवेशन अवधिभर निस्किने

नवयुगको दैनिक ईबुलेटिन प्रकाशन सुरु, महाधिवेशन अवधिभर निस्किने


काठमाडौं– नेकपा एमालेको दशौं महाधिवेशनको प्रचार प्रसार व्यापक बनाउन बुलेटिन प्रकाशन सुरु गरेको छ ।

पार्टीको मुखपत्र नवयुगको इलोक्ट्रोनिक संस्करण ‘ईनवयुग’ मंसिर १ गते देखि महाधिवेशन नसकिएसम्म दैनिक रुपमा प्रकाशन गर्न सुरु गरिएको हो ।

प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बुलेटिनमा महाधिवेशन केन्द्रित दैनिक गतिविपध अद्यावधिक गरिनेछ । ‘महाधिवेशनसँग सम्बन्धित गतिविधिका सही सूचना सञ्चार माध्यममा जाउन् भन्ने उद्देश्यले इबुलेटिन प्रकाशन गर्न थालिएको हो’ थापाले भन्नुभयो, ‘यसमा आवश्यकता अनुसार नेताहरुका अन्तर्वार्ता पनि प्रकाशन हुुन्छन् ।’

बुलेटिन प्रकाशनका लागि प्रचार विभाग सदस्य श्रीधर आचार्यको संयोजकत्वमा १५ सदस्यीय समिति बनाइएको छ ।