अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्जिनियरको चुनावबाट सत्ता गठबन्धन भत्किन सुरु

इन्जिनियरको चुनावबाट सत्ता गठबन्धन भत्किन सुरु


काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावबाट सत्ता गठबन्धन भत्किन सुरु गरेको छ ।

आगामी मंसिर २४ गते हुने एसोसिएसनको चनावमा हिजो भएको मनोनयमा काँग्रेसले माओवादी नेकपा एस र राजपालाई छोडेर काँग्रेसले एक्लै उम्मेद्वारी दिएको छ । एसोसिएसनको निर्वाचन समितीका अनुसार कांग्रेस बाहेकको गठबन्धनबाट अध्यक्षमा माओवादीबाट डा. हरेराम पराजुली, उपाध्यक्षमा जसपाका तर्फबाट नसला तुलाधार महासचिवमा एसका तर्फबाट शंकर ढकालले उम्मेदवारी दिनुभएको छ ।

गठबन्धनलाई टक्कर दिन कांग्रेसका तर्फबाट हरी दर्लामी मगरले उम्मेद्वारी दिनुभएको छ । यसैगरी एमालेको तर्फबाट अध्यक्षमा डा. सुरज लामिछाने र महासचिवमा डा. भेषराज थापाले उम्मेदवारी दिनुभएको छ ।