अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चमा प्रहरी र वकिलबीच झडप १० जना घाइते

सर्वोच्चमा प्रहरी र वकिलबीच झडप १० जना घाइते


काठमाडौं -सर्वोच्च अदालतमा आज आन्दोलित वकिल र सुरक्षाकर्मीबीच ठेलाठेल परेको छ। त्यस क्रममा १० जनाभन्दा बढी घाइते भएका छन्।
प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरू सर्वोच्च अदालतको भवनतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी परेको हो।
प्रधानन्यायाधीश जबरालाई अदालत छिर्न नदिन वकिलहरूले मुख्य गेटसहित वैकल्पिक दुईवटा गेटमा समेत धर्ना दिन जाने क्रममा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो।

मूल गेटमा कानुन व्यवसायीले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्र्कै गेटबाट अदालत छिरिरहेका छन्।
अहिले सर्वोच्च अदालत परिसरको अवस्था तानवपूर्ण छ।

धकेलाधकेलमा घाइतेको संख्या एकिन नभए पनि दुवैतर्फ गरेर १० जनाभन्दा बढी नै घाइते भएका छन्।

सर्वोच्च अदालत परिसरमा अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।