अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतका न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक सुरु

सर्वोच्च अदालतका न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक सुरु


काठमाडौं – सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट)बाट पेशी व्यवस्थापन सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल शुरु भएको हो ।

यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुलकोर्ट बस्ने तयारी भएको छ । फुलकोर्ट बैठक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विनाको हुने र अरु न्यायाधीशले गरेको निर्णयमा उहाँले हस्ताक्षर गर्ने तयारी रहेको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश बाहेक १९ जना न्यायाधीश रहेकामा बिहीबार १८ जना उपस्थित छन्।