काठमाडौं – चितवनमा आयोजना हुन गइरहेको नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आठ दिनपछि हुने महाधिवेशनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालबाट पाँच जना प्रतिनिधि चयन भएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुलातर्फ रामबहादुर चन्द, डा. झलक गौतम र डा. सन्तोष पौडेल छन् भने महिला कोटाबाट अन्जु बस्नेत र शारदा खनाल सर्वसम्मत चयन भएका छन् ।
एमालेको १०औँ महाधिवेशन चितवनमा १०–१२ मंसिरमा हुँदै छ ।





प्रतिक्रिया