अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनजाति संघबाट एमाले महाधिवेशन प्रतिनिधि चयन

जनजाति संघबाट एमाले महाधिवेशन प्रतिनिधि चयन


काठमाडौं – महाधिवेशन प्रतिनिधि चयनको अन्तिम चरणमा पुगेका नेकपा एमालेले जनवर्गीय संगठन र पेसागत संगठनबाट जाने प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ  ।

आठ दिनपछि उद्घाटन हुने महाधिवेशनका लागि आदिवासी जनजाति महासंघ, नेपालले सर्वसम्मत रूपमा पाँच जना प्रतिनिधि चयन गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार खुलातर्फवाट मीनाकुमारी गुरूङ, विजयसिंह लामा लोप्चन र पेम्बा गुरूङ भोटे चयन भएका छन भने महिलाकोटाबाट कल्पना लिम्बू योङहाङ र ज्योति लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।