अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै छ मञ्च

एमाले महाधिवेशन : एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै छ मञ्च


चिचवन – नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशन स्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिने छ । एकै पटक ७२ जना कलाकारले प्रस्तुति दिन मिल्ने गरी मञ्च बनाइने उहाँले जानकारी दिनुभयो ।

चार खण्डमा हुने मञ्चको माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने श्रेष्ठले जानकारी दिनुभयो ।

आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो मञ्च हुने बताएका उहाँले उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको बताउनुभयो।