जनकपुरधाम – धनुषाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
कमला नदीमा कात्तिक स्नान गर्न गइरहेका तीर्थयात्री सवार ट्याक्टर विदेह नगरपालिका–७ मा पल्टिएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव हुन् । उनीहरुलाई उपचारका प्रादेशिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेको ट्याक्टरको नम्बर खुल्न नसकेको बस्नेतले बताउनुभयो ।
धनुषाको कमला नदीमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने भूत मेलामा सहभागी हुन आएकाहरु दुर्घटनामा परेका हुन् । घाइतेहरुका अनुसार ट्याक्टर द्रूत गतिमा चलाइएको कारण दुर्घटना भएको हो ।
प्रतिक्रिया