काठमाडौं – एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय भेला शुक्रवार हुने भएको छ। भेलामा देशभरबाट उद्योग व्यवसायमा संलग्न रहेका व्यवसायीहरूको सहभागिता हुने भएका छन् । नयाँ नेतृत्वको अनुमोदन गर्ने अध्यक्ष एलपी सावाँ लिम्बुले जानकारी दिए ।
नेकपा एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको उपाध्यक्ष सीएन पाण्डेले जानकारी दिनुभयो । भेलाको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । सो भेलामा नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँको लैनचौर बैंकेटमा बिहान १०:३० बजेपछि सुरू हने भेलामा महासंघको केन्द्रीय सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, कर्पोरेट प्रदेशका सदस्यहरू, महासंघका जिल्ला शाखाका पदाधिकारी, सबै वस्तुगत संगठनका सदस्यहरू सहभागी हुनेछन् । भेलाले संगठन विस्तार सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने उपाध्यक्ष पाण्डेले बताउनुभयो ।
राष्ट्रिय भेलाले महासंघको नेतृत्वको अनुमोदन गर्ने र एमालेको महाधिवेशनमा सहभागिता र जनपरिचालन गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने अध्यक्ष एलपी सावाँ लिम्बुले जानकारी दिनुभयो ।
एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनको सौराहामा हुँदैछ ।





प्रतिक्रिया