अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानमा कर्तव्य र अधिकार स्थापित : सुवास नेम्वाङ

संविधानमा कर्तव्य र अधिकार स्थापित : सुवास नेम्वाङ


विराटनगर – संविधानसभा अध्यक्ष एवं नेकपा एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले जनताले नै जनताका लागि बनाइएको यो संविधानमा कर्तव्य र अधिकार स्थापित गरेको बताउनुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको कार्यान्वयनमा वुद्धि र क्षमताको आवश्यकता औँल्याउँदै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर किन फिर्ता गर्नु परेको हो भन्ने प्रश्न गर्नुभयो ।  उहाँले सर्वोच्च अदालतको आन्तरिक विषयमा दलहरुले गम्भीर भएर बोल्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले सरकारले सर्वदलीय बैठक बोलाएर एमसिसीको विषयमा धारणा राख्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष नेम्वाङले जनता अहिले पनि एमालेका साथमा रहेको चर्चा गर्दै राजनीति भनेको नै सेवा हो भन्नुभयो ।