काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको बताउनुभयो ।
‘सुरूसुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भन्नुभयो ।
रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उहाँले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको बताउनुभयो ।
बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेट्नुभएको थियो ।





प्रतिक्रिया