अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री

सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताउनुभको छ ।

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने जानकारी दिनुभयो ।

‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भन्नुभयो ।

योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गर्नुभयो ।