जुम्ला – तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिलागाउँपालिकाकी उपाअध्यक्ष विष्णु बुढाले जानकारी दिनुभयो ।
‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो’, उहाँले भन्नुभयो, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद अन्त्यका लागि यो अभियान एक नमुना कार्य हो । अहिलेसम्म १४ बस्ती छुइगोठमुक्त भइसकेका छन् ।’
उहाँका अनुसार बाँकी बस्ती छाउगोठमुक्त हुने क्रममा छन् । सरकारले छाउपडी उन्मुलन निर्देशिका ल्याए पनि प्रभावकारी रूपमा कार्यन्वयनमा आउन नसकेको गुनासो आइरहेको छ ।
प्रतिक्रिया