काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धनको चुनौती चिर्दै अबको चुनावमा आफूहरुको पार्टीले बहुमत ल्याउने दाबी गर्नुभयो ।
शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधनका गर्दै भट्टराईले आगामी चुनावमा नेकपा एमालेले बहुमत ल्याउने बताउनुभएको हो । उहाँले स्थानीय तहको निर्वाचन र अन्य चुनावमा पनि बहुमत ल्याउने गरी हामी तयारीमा लागिसकेको बताउनुभयो ।
‘यतिखेर हामी सरकारबाट प्रतिपक्षमा छौँ। एमालेबाट बाहिरिएको सानो समूहले अलग्गै गतिविधि गरिरहेको छ’, भट्टराईले भन्नुभयो, ‘तर यसका बावजुद अझै पनि एमालेलाई विशाल बनाउँछौँ। आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई चिरेर एमालेले बहुमत ल्याउछ ।’
‘एमालेविरुद्ध गठबन्धन बनेका छन् । पाँच दलीय गठबन्धनलाई पनि एमालेले चिर्नेछ’, भट्टराईले भन्नुभयो, ‘यी सवै अवरोधलाई एमालेले तोडेर शक्ति र सरकारमा फर्किन्छ। त्यसकारण हामी सर्वसम्मत नेतृत्व चयन गर्छौँ। अब अध्यक्ष केपी ओलीको अगुवाइमा एमाले अर्को पटक सत्तामा फर्किने गरी अघि बढेका छौँ।’





प्रतिक्रिया