अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनको निम्तो प्रधानमन्त्रीलाई

एमाले महाधिवेशनको निम्तो प्रधानमन्त्रीलाई


काठमाडौं– प्रमुख दललाई नेकपा एमालेको १० औं महाधिवेशनको निम्तो दिन सुरु गरिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अतिथि सत्कार समितिका संयोजक राजन भट्टराईले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिनुभएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार महाधिवेशनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि निम्तो दिइएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि महाधिवेशनमा निम्ता गरिएको छ ।

एमालेले आफ्नै दलबाट चोइटिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई भने निम्तो पठाएन ।

एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई निम्तो नदिने यसअघि नै स्पष्ट पारिसक्नुभएको थियो ।