अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी हुने

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी हुने


बुटवल -एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी गराइने भएको छ ।

प्रचार समिति लुम्बिनी प्रदेशले बुटवलमा पत्रकार सम्मेलन गर्दै १२ जिल्लाबाट ७५ हजार कार्यकर्ता चितवनमा लैजाने योजना अनुसार सबै जिल्लामा कार्यविभाजन गरिएको छ ।

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष एवम् केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य लिला गिरीले रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाबाट पार्टी मजबुतको सन्देश दिन ७५ हजार कार्यकर्ता चितवनमा लैजाने व्यवस्थित योजना बनेको जानकारी दिए ।

त्यसबाहेक जिल्ला जिल्लामा महाधिवेशनको प्रचार प्रसारलाई पनि तीब्रता दिएकाले गीरीले बताउनुभयो । एक पालिका एक स्वागत गेटसमेत निर्माण गरेर महाधिवेशनको प्रचार प्रसारलाई अगाडि बढाइएको गीरीको भनाइ छ ।

यसपटकको महाधिवेशनमा पर्चा पम्पेल्ट र भित्तेलेखनले प्रचार प्रसार नगरिने भन्दै सम्भव भएका स्थानमा डिजिटल डिप्लेमार्फत पनि प्रचार प्रसार गरिने उहाँले बताए । एमाले प्रचार विभागका सदस्य डिआर घिमिरेले बुटवलमै महाधिवेशन भएको झल्को दिने गरी बुटवलमा प्रचार प्रसार व्यापक गरिने बताए ।