अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पछिपछि माओवादी, आज देशैभर वडा सम्मेलन

एमाले पछिपछि माओवादी, आज देशैभर वडा सम्मेलन


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार देशैभर वडा सम्मेलन गर्दैछ।

आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन घोषणा गरेको माओवादी केन्द्रले त्यसकै तयारीस्वरूप आज देशैभरका वडा सम्मेलन गर्न लागेको हो। एमालेकै शैलीमा माओवादीले आफ्ना अधिवेशनको कार्यतालिक बनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले आज वडा सम्मेलनपछि मंसिर ११ गते पालिका अधिवेशन गर्ने जानकारी दिएको छ।

सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन सुरु गरेको हो। उसले वडामा सकेसम्म सर्वसम्मत नेतृत्व छान्ने जनाएको छ। यदि सो सम्भव नभए निर्वाचनमा जान पार्टीले निर्देशन दिएको छ।

निर्वाचनका लागि देशभरका ६ हजार ७४३ वडामा पार्टीले प्रत्येक वडामा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ। यस्ता समिति पालिका र प्रदेशमा पनि गठन भएको जनाइएको छ। प्रदेशमा ७ र पालिकामा ५ सदस्यीय निर्वाचन समिति बनाइएको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो।

माओवादीले मंसिर ११ मा पालिका र २५ गते सात प्रदेशको अधिवेशन गर्ने जनाएको छ।