अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ

श्रीमतीको हत्या आरोपी दुई वर्षपछि पक्राउ


सप्तरी – बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीको हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् ।

लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनाको बिषयमा मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेका थिए ।

उच्च अदालतले २९ मंसिर ०७७ मा लुकमानलाई पक्राउ गर्ने परमादेश दिएको थियो । जाहेरीअनुसार लुकमानकी आमा (मृतककी सासु) ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुन पनि हत्यामा संलग्न रहेको आरोप छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ गर्न अनाकानी गर्दै आएको मृतकका भाइ मोहम्द फिरोजले आरोप लगाउनुभयो ।

३० मंसिर ०७६ मा लुकमानसँग बहिनी ९रोशन खातुन०को विवाह भएपछि ससुराली पक्षले दाईजोको निहुँमा पटक पटक धम्की दिँदै आएको फिरोजले बताउनुभयो । उहाँले भन्नुभयो, ‘झदाइजो नदिएपछि  बहिनीलाई कुटपिट गर्दै विष खुवाएर मारे ।’

बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको मोबाइल सबै सुनेको फिरोजले बताउनुभयो । उहाँले भन्नुभयो, झत्यो रेकर्ड हामीसँग सुरक्षित छ। हामी न्यायको आशामा छौं । विष खुवाएपछि गम्भीर बनेकी बहिनीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।’

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले अदालतको पत्रअनुसार लुकमानलाई पक्राउ गरी मुद्दा दर्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो, झघटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ।