काठमाडौं – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिआईजीको कमाण्डमा सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
एमाले केन्द्रीय जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेसहितका नेताहरुसँगको भेटमा गृहका उच्च अधिकारीहरुले सो जानकारी दिएका हुन् ।
आइतवार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डेसहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका कार्यवाहक महानिरीक्षक निरजवहादुर शाही र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी हुनुहुन्थ्यो ।
महाधिवेशन स्थलको सुरक्षा तथा उद्घाटन भएको दिनको ट्राफिक व्यवस्थापनको विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको जनपरिचालन कमिटीका सचिव खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
एमाले नेताहरु सुरेन्द्र पाण्डे, विष्णु रिमाल, आनन्द पोखरेल र खिमलाल भट्टराई गृहमन्त्रालयमा पुगेर महाधिवेशन सुरक्षाबारे छलफल गर्नुभएको हो ।





प्रतिक्रिया