रुपन्देही – बुटवल उपमहानगरपालिका-३ का वडाअध्यक्ष ७३ वर्षीय लालप्रसाद बस्यालको शौचालयमा लडेर मृत्यु भएको छ । बिरामी रहेका बस्याल आज घरमै शौचालयमा लडेपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
बुटवलको गोलपार्कमा स्थायी बसोबास गर्दै आउनुभएका बस्याल सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।
स्थानिय तहको निर्वाचनमा विजयी भएपछि उहाँले सडक, खानेपानी तथा सरसफाईलाई वडाभित्र नमूना बनाउनुभएको थियो ।
बुटवल उपमहानगरपालिकाले वडाअध्यक्ष बस्यालको मृत्युले एक असल कर्मनिष्ठ जनप्रतिनिधि गुमाएको भन्दै समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया