अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज साँझ, पदाधिकारीको संख्या थपिन सक्ने

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज साँझ, पदाधिकारीको संख्या थपिन सक्ने


चितवन– नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ ।

महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ सातबजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गरिएको केन्द्रीय सदस्य हिक्मत कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार आजको बैठकले नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समिक्षा, महाधिवेशनको उद्घाटन सत्रको समिक्षा र भावी नेतृत्वको विषयमा केही ठोस निर्णय गर्ने सम्भावना छ ।

‘कार्यकालको समिक्षा, उद्घाटन सत्रको समिक्षा र यस कार्यकालभरी पार्टी हितको निम्ति सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन हुन्छ,’ कार्कीले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘मुख्य कुरा भोली देखि सुरु हुने नेतृत्व चयनको प्रक्रियालाई कसरी टुंग्याउने भन्ने बिषयमा ठोस निर्णय हुनेछ ।’

आजको बैठकपछि भावी नेतृत्व सहमतिमा हुने वा निर्वाचनमा जाने भन्ने कुराको स्पष्ट चित्र आउने नेताहरुले बताएका छन् । गत असोज १५–१७ मा भएको विधान महाधिवेशन बमोजिम नै पदाधिकारीको संख्या भएमा निर्वाचनबाट नेतृत्व चयनको प्रवल सम्भावना छ । तर एकथरी नेताहरुले पार्टी भित्रको समिकरण र नेताहरुको व्यवस्थापनलाई मध्यनजर गरेर पदाधिकारीमा संख्या थप्नु पर्ने लबिइङ गरिरहेका छन् ।