काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारो पार्नेहरु अहिलेको सरकारलाई असहयोग गरिरहेको टिप्पणी गर्नुभएको छ ।
चितवनमा शुक्रबारदेखि सुरु भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई नारायणी नदी किनारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री काम गर्न चाहनुहुन्थ्यो कि, तर मेरो खुट्टा समात्नेहरु उहाँ (प्रधानमन्त्री)का खुट्टा समातिरहेका छन् कि, गोपनीयता खुस्काउनैपर्ने भयो, आउँदो चुनावपछि एमालेको सरकार बन्छ, एमालेले बाँकी रहेका विकासका कामहरु गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने काम गर्छ ।’
एमाले अध्यक्ष ओलीले चुनावपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले अन्तरिक्षमा पनि अस्तित्व देखाएको बताउनुभयो ।







प्रतिक्रिया