सौराहा – एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर सुरु हुन सकेको छैन ।
केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।
एमाले अध्यक्ष केपी ओली केही समय अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गर्नुभएको छ । उहाँ बिहानदेखि आफू बस्नुभएको रिसोर्टमा नेताहरूसँग छलफलमा व्यस्त हुनुभएको थियो ।
एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाड्नुभएको छैन । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गर्नुभएको छ ।





प्रतिक्रिया