अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहमति हुने अवस्थामा म बाधक हुन्न,  पार्टीले दिएको जिम्मेवारी लिन तयार छु : नेम्वाङ

सहमति हुने अवस्थामा म बाधक हुन्न,  पार्टीले दिएको जिम्मेवारी लिन तयार छु : नेम्वाङ


चितवन – एमाले वरिष्ठ उपाध्यक्षमा दावेदार गर्नुभएका संसदीय दलको उपनेता सुवास नेम्वाङले पार्टीमा सहमति भए आफू बाधक नबन्ने बताउनुभएको छ ।

उहाँले सहमतिको आधारमा नेतृत्व चयन गर्ने पहल भइरहेको उल्लेख गर्दै आफूलाई पार्टीले दिएको जिम्मेवारी लिन तयार भएको पनि बताउनुभयो ।

नेम्वाङ भन्नुहुन्छ, ‘सर्वसम्मत नेतृत्व चयन गर्नेगरी विधान संसोधनको हुने भएको छ । अब सहमतिमा नेतृत्व टुंगो लाग्छ । सहमति हुने अवस्थामा म बाधक हुन्न ।’

यस्तै, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार सर्वसम्मत नेतृत्व घोषणा हुने र आइतबार नै महाधिवेशनको सबै कार्यक्रम सकिने बताउनुभयो ।