अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान संशोधन पारित, केन्द्रीय कमिटीको आकार बढ्यो

एमाले विधान संशोधन पारित, केन्द्रीय कमिटीको आकार बढ्यो


भरतपुर– नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।

एमाले केन्द्रीय कमिटीले प्रस्ताव गरेको विधान संशोधन प्रस्ताव १० औं महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत् पारित भएको हो । विधान संशोधन भएसँगै एमालेको केन्द्रीय कमिटीको आकार ३०१ सदस्यीय भएको छ ।

केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याउने निर्णय गरेको थियो । अब एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिव हुने भएको छ ।

अनुशासन आयोग र लेखा आयोगलाई २५–२५ सदस्यीय बनाइएको छ ।