अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलको फरक मत, अध्यक्षमा उम्मेदवारी घोषणा

भीम रावलको फरक मत, अध्यक्षमा उम्मेदवारी घोषणा


चितवन– नेकपा एमालेको पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएकोमा उपाध्यक्ष भीम रावलले फरक मत राख्नु भएको छ । उहाँले अध्यक्षमा उम्मेदवारी घोषणासमेत गर्नुभएको छ ।

विधान महाधिवेशनको घोषाणविरुद्ध पदाधिकारी बढाएको भन्दै रावलको फरक मत आएको हो ।

एमाले नेतृत्वमा केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको थियो । जसअनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भएको छ भने १९ जना पदाधिकारीहरु रहनेछन् ।

१० औं महाधिवेशनले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शनिबार राति अबेरसम्म चलेको बैठकले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई दिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।