चितवन– नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन भइरहेको सौराहास्थित होटल सेभेन स्टारमा बन्द सत्रको दोस्रो दिन प्रतिनिधिहरु आउन थालेका छन् ।
२२ सय प्रतिनिधि क्षमताको बन्द सत्र हल भने अहिले बिहान पौने ९ बजेसम्म खाली नै छ । केही प्रतिनिधिमात्रै वरपर देखिन थालेका छन् । बन्द सत्र बिहान १० बजेदेखि सुरु हुने कार्यतालिका छ ।
बन्द सत्र स्थलभन्दा नेताहरु बसेको नजिकैको पार्क सफारी होटलमा भने भीडभाड थेगिनसक्नु हुन थालेको छ । सर्वसम्मत् नेतृत्व चयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग छलफल गरिरहनुभएको छ । नेताहरु आकांक्षा प्रकट गर्न होटलमा उपस्थिति देखाएका छन् ।
प्रतिक्रिया