अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आचार संहिता उल्लंघन गरी बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्वीरसहितको पर्चा (तस्वीरहरू)

आचार संहिता उल्लंघन गरी बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्वीरसहितको पर्चा (तस्वीरहरू)


सौराहा – एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो । तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्वीरसहितको सानो पुस्तिका (पर्चा) वितरण गरिएको छ ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा हुनुहुन्छ ।

यही क्रममा महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उहाँ निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरूः