चितवन – एमाले १०औं महाधिवेशन अन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताहरुले अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् ।
पूर्वमाओवादी पक्षका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलबाट २ पदाधिकारी र ४० केन्द्रीय सदस्य पाउने सहमति भएको हो।
यसअघि पूर्वमाओवादी समूहले तीन पदाधिकारी दाबी गर्दै आएको थियो। उपाध्यक्ष, उपमहासचिव र सचिवमा एकएक जना पदाधिकारी पाउनुपर्ने दाबी पूर्वमाओवादी समूहको थियो।
पदाधिकारी र केन्द्रीय सदस्यका बारेमा छलफल गर्नका लागि पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाह अध्यक्ष ओलीलाई भेट्न पुग्नुभएको थियो । भेटमा ओलीले दुई जनालाई पदाधिकारी दुई जना स्थायी समिति र ४० जना केन्द्रीय समिति दिन सकिने निष्कर्ष निकाल्नु भएको हो ।
पूर्वमाओवादी पक्षबाट रामबहादुर थापा बादलले उपाध्यक्ष, टोपबहादुर रायमाझीले उपमहासचिव र लेखराज भट्टले सचिव दाबी गर्दै आउनुभएको छ ।







प्रतिक्रिया