अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम घोषणा हुन्छ : योगेश भट्टराई

सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम घोषणा हुन्छ : योगेश भट्टराई


चितवन – नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सहमतिबाटै घोषणा हुने बताउनुभएको छ ।

चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा उहाँले सञ्‍चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सहमतिमै टुंगो लगाउने बताउनुभएको हो ।

शनिबारको बन्दसत्रले पार्टी अध्यक्ष केपी ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार सुम्पिएको र सोहीअनुसार नै नेतृत्व चयन हुने उहाँले बताउनुभयो ।

‘अध्यक्ष ओलीले पार्टीमा संवादहीनताको अवस्था रहन नदिने भन्नुभएको छ, आकांक्षी सबैसँग उहाँले पक्कै संवाद गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यस्तो बेलामा अध्यक्षलाई अरुले सहयोग गर्नुपर्छ, अरूलाई अध्यक्षले सहयोग गर्नुहुन्छ ।’

अध्यक्ष ओलीलाई सबैलाई सहमतिमा लैजान आफूहरूले सुझाव दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई सर्वसम्मत हुन्छ भन्ने लाग्छ, २२ सय प्रतिनिधिले पनि यही म्यान्डेट दिएका छन्,’ उहाँले भन्नुभयो ।